लडेर मृत्यु
सर्लाही, २३ असार
हरिवन नगरपालिका–५ घर भएका ३५ वर्षीय श्यामबहादुर जिम्बाको शनिबार लडेर मृत्यु भएको छ । सोही नगरपालिका–११ हरिवन बजार स्थित ईन्द्रबहादुर श्रेष्ठको निर्माणधिन घरको सेफ्टी ट्याङकीमा काठहरु निकाल्ने क्रममा लडेर जिम्बाको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

