डुबेर मृत्यु
काठमाडौं, २३ असार
मकवानपुर : ईन्द्रसरोबर गाउँपालिका–१ मार्खु बस्ने पुस्कर थिङको १२ वर्षीय छोरा समिर तामाङ र थाहा नगरपालिका–९ सिरुपात बस्ने विश्वरुप आलेको ८ वर्षीय छोरा चन्द्रबहादुर आले मगरको शुक्रबार ईन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सुनसरी : धरान उपमहानगरपालिका–५ ठिङबारीबाट काम गरी फर्कने क्रममा शुक्रबार सोही ठाउँमा रहेको सेरे खोलामा डुबेर केरावारी गाउँपालिका–५ बस्ने ५१ वर्षीय तिले दर्जीको मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

