लागूऔषध सहित पक्राउ
काठमाडौं, २३ असार
काठमाडौं : प्रहरी प्रभाग नागढुङ्गामा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आँउदै गरेको बा.२ ख ६२६८ नम्वरको बसमा सवार धादिङ गजुरी गाउँपालिका–८ बस्ने १८ वर्षीय आयुष तामाङलाई झोलामा लुकाई ल्याएको अवैध लागूऔषध चरेश १ केजी सहित शनिबार पक्राउ गरेको छ ।
बारा : निजगढ नगरपालिका–१२ रामथली बस्ने ५६ वर्षीय सानुमाइला तितुङ, कलैया उपमहानगरपालिका–२ दोहोरी पकरी बस्ने ३८ वर्षीय श्रीराम महरा र सोही उपमहानगरपालिका–१६ झिट्कैया बस्ने ३० वर्षीय प्रभुराम महरालाई निजगढ नगरपालिका–१२ रामथलीबाट लागूऔषध गाँजा १२ किलो ५ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

