मृत अवस्थामा फेला

काठमाडौं, २४ असार
    मुगु : छायानाथ नगरपालिका-३ बस्ने ४७ वर्षीय रामदत्त रावल सोही ठाउँको पानी ट्याङकी नजिकै शनिबार मृत अबस्थामा फेला परेका छन् ।
    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : मध्यबिन्दु नगरपालिक-६ भण्डारास्थित नारायणी कृषि फार्ममा काम गर्ने म्याग्दी बाबियाचौरका ७० वर्षीय बिश्वप्रसाद पौडेल शनिबार गाई बस्तु चराउन गएको अवस्थामा मृत फेला परेका छन् ।
    बाँके : डडुवा गाउँपालिका-३ स्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेको अंदाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।