लागूऔषध सहित पक्राउ

ललितपुर,२४ असार
    ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने २६ वर्षीय राजन देउला र सातदोबाटो बस्ने ३० वर्षीय सरोज खड्कालाई लागूऔषध नुरर्फिन ४९ एम्पुल, फेनरागन ४९ एम्पुल, डाइजोपाम ४९ एम्पुल, नगद ७८ हजार ४ सय ५० रुपैयाँ र बा.५१ प ८४३४ नम्वरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।
     लगनखेलस्थित महर्जन मोटरसाईकल वर्कशपमा प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार उक्त लागूऔषध, नगद तथा मोटरसाइकल सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।