उपचारको क्रममा मृत्यु

बाजुरा, २४ असार
    काठ चिर्ने क्रममा रुखको हाँगा भाचिएर चोट लाग्दा गम्भीर घाइते भएका गउमुल गाउँपालिका–३ बस्ने ३५ वर्षीय खन्ते बोहाराको जिल्ला अस्पताल अछाम साँफेबगरमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
    शुक्रबार सोही स्थानमा काठ चिर्ने क्रममा माथिबाट रुखको हाँगा भाचिएर लाग्दा सोही ठाउँ बस्ने २६ वर्षीय धर्म बोहरा र २८ वर्षीय भिम बोहोराको घटनास्थलमै मृत्यु भएको थियो भने खन्ते बोहोरा गम्भीर घाइते भएका थिए ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।