करेन्ट लागेर मृत्यु
काठमाडौं, २४ असार
धनुषा : जनकपुर उपमहानगपालिका–१४ कवर्ड हल नजिकै गणेश ग्यारेजमा काम गर्ने भारत मोतिहारी बोलाही घर भएका २२ वर्षीय सन्दिप कुमार साहको आइतबार कलमा पानी चलाउने क्रममा करेन्ट लागेकोले उपचारको लागि जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
धादिङ : निलकण्ठ नगरपालिका–३ थोपलखोला किनारमा धान रोप्नको लागि मोटर लगाई पानी तान्ने क्रममा आइतबार सोही ठाउँ बस्ने ६५ वर्षीय केशब अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।

