सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २४ असार
    बारा : जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाबार जंगलमा ना.३ च ६७५२ नम्बरको बलेरो गाडीले ना.१९ प ३७४९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा पर्सौनी नगरपालिका–९ बस्ने २१ वर्षीय अकास कुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको छ । फरार गाडी चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    सिरहा : धनगढीमाई नगरपालिका–७ बस्ने १७ वर्षीय सन्जय महतोले आइतबार स.१ त ३०८३ नम्बरको ट्याक्टरले सोही स्थानमा खेत जोत्ने क्रममा आइतबार ट्याक्टर पल्टेर किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।