सट्टाबाजी खेल खेलाउने पक्राउ

काठमाडौं,२४ असार
    विश्वकप फुटवल प्रतियोगितामा विभिन्न फुटवल टिमको हारजितमा बिभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं धापासी वस्ने २५ वर्षीय अमित श्रेष्ठ, सोही ठाउँ बस्ने तनहुँ  जामुने घर भएका २५ वर्षीय प्रमोद रानाभाट, काठमाडौं वालुवाटार बस्ने २५ वर्षीय अनिल भण्डारी र वालुवाटार बस्ने ३४ वर्षीय निराजन पौडेल रहेका छन् ।
    प्रहरीले उनीहरुलाई शनिबार सट्टाबाजी खेलमा प्रयोग भएको ४ थान मोवाइल सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।