प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन गरिएको
काठमाडौं, २४ असार
नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको आईतबार अन्तिम नतिजा प्रकाशन गरिएको छ ।
अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७५ असार २७ गते बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ ।
उक्त सूचना नेपाल प्रहरीको वेब साईटमा समेत राखिएको छ ।

