विभिन्न धनमाल चोरी
काठमाडौं, २५ असार
काठमाडौं : काठमाडौं महानगरपालिका-३२ सुविधानगर त्रिवेणी चोक स्थित रबिन्द्र अधिकारीको घरमा बस्ने उनका भाई कमलबहादुर अधिकारीको कोठामा आइतबार कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर नगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गहना सहित करीव ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
मोरङ :बेलबारी नगरपालिका-३ बस्ने भुपाल थापाको घरमा शनिबार कोही नभएको अवस्थामा सुनका विभिन्न गहना ५ तोला र चाँदी ५० तोला सहित करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
सुनसरी : ईटहरी उपमहानगरपालिका-८ संगम टोल बस्ने दुर्गादेवी बस्नेतको असार १७ गतेदेखि २४ गतेसम्म घरमा कोही नभएको अवस्थामा नगद १ हजार ५ सय रुपैयाँ र सुनका विभिन्न गहना सहित ३ तोला र चाँदी ५० तोला चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

