सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, २५ असार
सुनसरी : ईनरुवा नगरपालिका-७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा आइतबार को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टदा घाईते भएका चालक सोही नगरपालिका-८ बस्ने ४० शम्भु मेहताको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
धनुषा : जनकपुर उपमहानहरपालिका-४ स्थित सडकमा ना.१ क ३७७६ नम्बरको मिनीट्रक गाईको बाच्छोलाई बचाउने क्रममा सडकमा रोकी राखेको ना.४ ख ३९१५ नम्बरको डिजेल ट्याङकरमा ठोक्किदा घाइते भएका बिदेह नगरपालिका-९ बस्ने २५ वर्षीय मिनीट्रकका सह-चालकको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घाइते भएका मिनीट्रकका चालक जनकनन्दनी गाउँपलिका–२ बस्ने २६ वर्षीय असगल अली शेखको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा तेल ट्याङकरको पछाडिको भाग फुटी करिब १५ सय लिटर तेल पोखिएर क्षति हुनाको साथै गाईको बाच्छो समेत मिनीट्रकको ठक्करबाट मरेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

