सवारी दुर्घटनामा मृत्यु
काठमाडौं,२५ असार
सिन्धुली : कमलामाई नगरपालिका-९ ईनारपानी स्थित भित्री सडकमा ना.४ त २५ नम्बरको ट्याक्टरमा टेर्लर जोडने क्रममा टेर्लर खसेर लाग्दा ट्याक्टरमा काम गर्ने १३ वर्षीय ढालबहादुर तामाङको घटनास्थलमै सोमबार मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
ईलाम : माङसेबुङ गाउँपालिका-३ स्थित कच्ची सडकमा ना.६ त ४०२३ नम्बरको ट्याक्टरले आइतबार पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय शरण राईलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि दकम झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
रौतहट : राजपुर नगरपालिका-२ हजमिनिया स्थित ना. ६ त ३८९७ नम्बरको ट्याक्टरले सोमबार सोही ठाँउमा खेतमा जोत्ने क्रममा ट्याक्टर पल्टिदा ट्याक्टरमा बसेको १३ वर्षीय शेष नासिरलाई ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

