मृत अवस्थामा फेला

ताप्लेजुङ, २५ असार
    आठराई त्रिवेणी गाउँपालिका-१ बस्ने ७० वर्षीया धनमाया लिम्बु मृत अवस्थामा फेला परेकी छिन् । असार २१ गतेबाट हराई बेपत्ता भएकी उनलाई सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला पारिएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।