डुबेर मृत्यु

काठमाडौं, २५ असार
    रुपन्देही : गैडहवा गाउँपालिका-४ बस्ने ४५ वर्षीय जंगबहादुर बि.क.को गैडहवा तालमा डुबेर मृत्यु भएको छ । सोमबार सोही ठाउँ स्थित पोहरा सामुदायिक वनमा बाख्रा चराउन गई घर छिटो पुग्छु भनी गैडहवा तालमा पसेर बेपत्ता भएका उनलाई खोजतलास गर्दा मृत अवस्थामा फेला पारिएको थियो ।
    सिरहा : सिरहा नगरपालिका- १५ बस्ने कृपाल मण्डलको ६ वर्षीय छोरा प्रबिन कुमार मण्डल सोमबार आमासँग मैनावती खोलमा नुहाउन गई खेल्ने क्रममा खोलामा डुबेर अशक्त भएकोले उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।