आगलागीबाट धनमाल क्षति

काठमाडौं, २६ असार
     बाँके : नेपालगंज उपमहानगरपालिका-६ रामनगर बस्ने ३२ वर्षीय पप्पु हलुवाईको १ तले कच्ची घरमा सोमबार ग्याँस लिक भई आगलागी हुँदा विभिन्न सामानहरू जलेर करीब ६ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    रूपन्देही : कञ्चन गाँउपालिका-४ स्थित बगिया बस्ने बुद्धिराम बेलदारको घरमा सोमबार पानी तान्ने मोटर चलाउने क्रममा तार सर्ट भई आगलागी हुँदा करीब १ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।