विभिन्न धनमाल चोरी
काठमाडौं, २६ असार
काठमाडौं : काठमाडौं महानगरपालिका-३१ शंखमुल गणेशमार्गस्थित डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-१० घर भएका ४३ वर्षीय धननाथ काफ्लेको कोठाबाट सोमबार नगद ४० हजार र सुनका विभिन्न गहना समेत गरी करीब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
भक्तपुर : चाँगुनारायण नगरपालिका-४ नङगालटोलस्थित दिल्लीनारायण भडेलको घरबाट सोमबार नगद २५ हजार र सुनका विभिन्न गहना समेत गरी करीब २ लाख २६ हाजर १ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

