सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २६ असार
    मकवानपुर : हेटौडा उपमहानगरपालिका-८ स्थित सडकमा NL01AA ०५४३  नम्बरको भारतीय ग्याँस बुलेटले सोमबार साईकल यात्री बारा अम्लेगज घर भएका ५० वर्षीय गोपाला सुनारलाई ठक्कर दिंदा गम्भीर घाईते भएकाले चुरेहील अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार चाकलको प्रहरीले खोजी गरिरहेको छ ।
    झापा : शिवसतासी-८ झिलझिलेस्थित पुर्वपश्चिम राजमार्गमा मे.५ प ६८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्री भारत बिरपुर घर भई हाल शिवसतासी-८ झिलझिले चोकस्थित समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सनीको बिएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    मोरङ : रतुवामाई नगरपालिका-५ लेटीस्थित खेत जोत्न जाने क्रममा सोही स्थान बस्ने २७ वर्षीय मनोज माझीले चलाएको को.२ त ८११५ नम्बरको ट्याक्टरबाट उनको छोरा ४ वर्षीय बादल माझी लडी ट्याक्टरको चक्काले किच्दाँ घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।