डुबेर मृत्यु

काठमाडौं, २६ असार
     सुनसरी : ईटहरी नगरपालिका-१७ बस्ने ७० वर्षीय प्रेमबहादुर श्रेष्ठ घर नजिकै रहेको खर्चना खोलामा सोमबार डुबेर मृत अवस्थामा फेला परेका छन् ।
    सिराहा : बिष्णुपुर गाँउपालिका-२ गढिया बस्ने अनिल साहको १ वर्षीया छोरी आकृती साह सोमबार आफ्नै घर नजिक रहेको नालीको खाल्डोमा डुबेको अवस्थामा फेला पारेकीले उपचारको लागि फ्रेण्स अस्पताल लहान सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।