आगलागीबाट क्षति
रोल्पा, २६ असार
त्रिवेणि गाँउपालिका-४ सिमपानी बस्ने ४० वर्षीय ज्ञानबहादुर बुढाले मंगलबार मादक पदार्थ सेवन गरी श्रीमतीसंग झगडा गरी आफ्नै घरमा रहेको फेन्सी पसल र किराना पसलमा आगो लगाँउदा पसलमा रहेको सम्पूर्ण सामानहरु जलेर करीब ८ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई फरार ज्ञानबहादुर बुढाको प्रहरीले खोजी गरिरहेको छ ।

