डुबेर मृत्यु
सप्तरी, २७ असार
कृष्ण शवरण गाउँपालिका-३ ईग्राहा टोल बस्ने जगदिश मण्डलको ४ वर्षीय छोरा जिबन मण्डल मंगलबार पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा बर्षाको कारण जमेको पानीको खाल्डोमा डुबेर गम्भीर घाईते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

