जुवातास खेल्ने पक्राउ

भक्तपुर, २७ असार
    मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबराही बस्ने ३४ वर्षीय देवकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेका देवकृष्ण समेत १० जनालाई नगद ४३ हजार ३ सय ५ रुपैँया र २ बुक तास ‍सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।