नगद तथा सुन सहित पक्राउ

बैतडी, २७ असार
     दशरथ चन्द नगरपालिका-८ स्थित नेपाल-भारत सिमानामा नेपालतर्फ आउँदै गरेका भारत बिथौलागढ जिल्ला झुलाघाट बस्ने ४२ वर्षीय जगदिश बर्मालाई भारतीय नगद २४ हजार ३ सय ९० रुपैयाँ र ६० ग्राम सुन सहित फेला पारी मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी सोही स्थानमा नेपालबाट भारततर्फ जाँदै गरेका बैतडी दशरथ चन्द नगरपालिका-४ गढी बस्ने २१ वर्षीय बिशाल गहतराजलाई नेपाली नगद ३ लाख २७ हजार ९ सय ८५ रूपैयाँ र ११ ग्राम ६ सय ६४ मिलि ग्राम सुन सहित फेला पारी प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ ।