अवैध रुपमा लिई हिँडेको लागूऔषध सहित पक्राउ
भक्तपुर, २७ असार
सिन्धुली मरिनखोला-७ घर भई हाल मध्यपुर ठिमि नगरपालिका-५ कमरोटार डेरा गरी बस्ने ४७ वर्षीय शंकर तामाङलाई ८ सय ग्राम लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई सोही स्थानमा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

