हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, २७ असार
    बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    गत २०७५ असार १ गते सोही स्थान बस्ने अर्जुन लिम्बुको ६ वर्षीया छोरी अपेक्षा लिम्बु खाना खाई सुतेकोमा असार २ गते कोठामा बेहोश अवस्थामा फेला पारी उपचारको लागि धरान घोपा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा  अपेक्षालाई उनकै सौतेनी आमा उमाले घाँटी थिची हत्या गरेको खुल्न आएको हो  ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।