डुबेर मृत्यु

स्याङ्जा, २७ असार
    वालिङ नगरपालिका-८ जैसी पधेरास्थित आंधिखोलामा नुहाउने क्रममा बुधबार अचानक डुबेर असक्त भएका वालिङ नगरपालिका-९ बस्ने २४ बर्षीय सजिन कर्माचार्यको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।