सवारी दुर्घटनामा मृत्यु
भोजपुर, २७ असार
हतुवागढी गाउँपालिका-२ लुङ्गिनस्थित जङ्गलमा को.१ त ८६३१ नम्बरको ट्याक्टर बुधबार ब्रेक फेल भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँस्थित होम्ताङ बस्ने २७ वर्षीय कृपा राईको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

