डुबेर मृत्यु तथा बेपत्ता

काठमाडौं,२८ असार
    रुपन्देही : सम्मरीमाई गाउँपालिका-१ मुडिला बस्ने सुरेस यादवको ९ वर्षीय छोरा बिजय यादवको बुधबार सोही स्थानमा भैंसी चराउन गएको अवस्थामा कुटुवा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    यसैगरी रुपन्देही सियारी गाउँपालिका-२ मेथवाल बस्ने १६ वर्षीय सागर बनियाको बुधबार ध्रुवनालामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    झापा : आफ्नै घर छेउमा सडकको लागि खनेको नालीमा डुबेर असक्त भएकी भद्रपुर नगरपालिका-१ हिमाली चोक बस्ने राजु तामाङकी २ वर्षीया छोरी रेबिका तामाङको उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुरतर्फ लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको छ ।
    कपिलवस्तु :  मुयादेबी गाउँपालिका-३ फुलिका बस्ने कुन्दन मुसलवान दर्जीका १५ वर्षीय छोरा रियाद अहमद बुधबार स्थानीय मरथी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।