मृत अवस्थामा फेला

काठमाडौं, २८ असार
    रुपन्देही : सिद्धार्थ नगरपालिका-३ स्थित सिटिम्याक्स ईन्टरनेशनल होटलको कोठा नम्बर १०७ मा गुल्मी छत्रकोट गाउँपालिका–२ का ४७ वर्षीय आशोककुमार भट्टराई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    पर्सा : पर्सागढी नगरपालिका-३ सिर्जना चोकस्थित आँप बगैचामा बीरगंज महानगरपालिका–२२ जगरनाथपुर बस्ने ५० वर्षीय चनु सहनी बुधबार मृत अवस्थामा फेला परेका  छन् ।
    बझाङ : दुर्गाथली गाउँपालिका–२ फुर्केमालामा हाल नाम, थर, वतन खुल्न नसकेका २ जना पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।