सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २८ असार
    सिरहा : धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा स.४ प ४३७५ नम्बरको मोटरसाइकललाई ज.७ प १४१२ नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा दुबै मोटरसाइकलमा सवार ४ जना घाइते भएकोले उपचारको लागि धनगढीस्थित श्रमजिबी अस्पताल सोनापुर पठाइएकोमा स.४ प ४३७५ नम्बरको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीलाई थप उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    सप्तरी : खडक नगरपालिका–८ बिसनपुर चोकमा बा.७० प ८०९२ नम्बरको मोटरसाइकललाई ना.५ ख ४८१७ नम्बरको बसले बुधबार ठक्कर दिंदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरी र मोटरसाइकलमा सवार २० वर्षीय रोशन चौधरी घाइते भएकोले उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएकोमा उपचारको क्रममा रुपेशको मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।