माटोको ढिस्कोले पुरिएर मृत्यु तथा घाइते
बाग्लुङ, २८ असार
घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर निसीखोला गाउँपालिका–२ काल्नेचौर बस्ने ६० वर्षीया बुमा कुँवरको बुधबार घटनास्थलमै मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर अन्य ३ जना घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकल पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

