घर भत्कँदा पुरिएर तीनजनाको मृत्यु
भक्तपुर, २८ असार
बुधबारदेखि परेको अविरल बर्षाले चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँ बस्ने बुद्ध लामाको एकतले जस्ताले छाएको घरको पछाडिबाट पहिरो जाँदा घर भत्केर ३ जनाको मृत्यु छ ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीय हिरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे २ वर्षीया सम्पदा लामा रहेका छन् ।
साथै बाढीले भक्तपुरको ईमामुरा अस्पतालको ईमजेन्सी कक्ष, राधे राधेमा केही घर-टहरा, चाँगुनारायण र दुवाकोट जाने बाटो तथा हनुमन्ते खोलाको पानीको बहावले ब्रम्हायणी मन्दिर डुबान भएको थियो ।
सो स्थानमा प्रहरीबाट उद्दार कार्य एवं आवश्यक अनुसन्धान भइरहेको छ ।

