सवारी दुर्घटनामा मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २८ असार
    सुनवल नगरपालिका-१२ नबिन टोलस्थित सडकमा ना.६ ख ९४३८ नम्बरको बस बिहीबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मी मालिका गाउँपालिका बस्ने ३७ वर्षीय गणेश लम्सालको पृथ्बी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएकोले उपचारको लागि ११ जना जेनस अस्पताल बुटवल र ९ जनालाई भैरहवा मेडिकल कलेज बुटवल लगिएकोमा ८ जना सामान्य उपचार पश्चात घर फिर्ता भएका छन् ।  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।  
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।