करेन्ट लागेर मृत्यु
काठमाडौं,२८ असार
गोरखा : भिमसेन गाउँपालिका-६ अस्राङ बस्ने २३ वर्षीय यमबहादुर सुर्खेतीको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । घर नजिक बिद्युतको पोलमा चढेर लाइन जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मकवानपुर : हेटौडा उपमहानगरपालिका-११ थानाभ¥याङ बस्ने २८ वर्षीय रोशन परियारको बिहीबार आफ्नै घरको कोठा भित्र नाङगो तार छुँदा करेन्ट लागेकोले उपचारको लागि चुरेहिल अस्पताल पठाइएकोमा मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

