लागूऔषध सहित पक्राउ

काठमाडौं,२८ असार
    काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सडक किनाराबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उदयपुर त्रियुगा नगरपालिका-५ बस्ने २० वर्षीय मनिष बस्नेतलाई लागूऔषध बुप्रेनोर्फिन ७ सय ९३ एम्पुल, डाईजेपाम ७ सय ९३ एम्पुल, फेनारगन ७ सय ९३ एम्पुल र नाईट्रोजेपाम १ हजार ५ सय ट्याब्लेट सहित बुधबार पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।