आगलागीबाट धनमाल क्षति
सप्तरी, २९ असार
माहादेव गाउँपालिका–१ बस्ने लक्ष्मी इसरको फुसको छानो भएको गोठमा बिद्युत सर्ट भई शुक्रबार आगलागी हुँदा गोठमा राखेको ४० क्विन्टल धान, ४० मन गहुँ सहित करीव ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

