करेन्ट लागेर मृत्यु
काठमाडौं,२९ असार
चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप डेरा गरी बस्ने सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भएका २४ वर्षीय सबिन बि.क.को बिहीबार डेरा घरको कोठामा पानी जमेको अवस्थामा बिद्युतको मल्टीप्लग समाउन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

