जीप दुर्घटनामा मृत्यु तथा घाइते

सिन्धुपाल्चोक, २९ असार
    पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडास्थित कच्ची सडकमा लु.१ख ९९९ नम्बरको बलेरो जीप बिहीबार सडकबाट अंदाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
    दुर्घटनामा सोही गाउँपालिका–३ बस्ने ५३ वर्षीया नानी तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिमबहादुर तामाङको घटनास्थललमै र ५६ वर्षीया पोदोम तामाङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै तथा २५ वर्षीया सुनमाया तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ ।
    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।