भरुवा बन्दुक सहित पक्राउ
काभ्रे, २९ असार
नमोबुद्ध नगरपालिका–३ भेंडाबारी बस्ने ३६ वर्षीय नवराज भुर्तेललाई अवैध भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भुर्तेललाई स्थानीय वासिन्दाले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिई राखेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

