जुवातास खेल्ने पक्राउ
झापा, २९ असार
विर्तामोड नगरपालिका–५ जात्रुबारी बस्ने चन्द्रबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका कार्की सहित ५ जनालाई नगद २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र ११ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

