आगलागीबाट धनमाल क्षति
भोजपुर, २९ असार
हतुवागढी गाउँपालिका–९ गैरीगाउँ बस्ने मदन समाल मगरको गाईगोठमा शुक्रबार आगलागी हुँदा ५ वटा बाख्रा,२ वटा खसी साथै अन्य काठपात समेत गरी करीव ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

