मृत अवस्थामा फेला
काठमाडौं, २९ असार
रुपन्देही : सिद्धार्थनगर नगरपालिका–१० शंकरपुर स्थित जमेको पानीमा सोही नगरपालिका–२ बस्ने २२ वर्षीय पप्पु हरिजन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर : त्रियुगा नगरपालिका–१ बस्ने ३० वर्षीय सुशिलकान्त चौधरी मृत अवस्थामा फेला परेका छन् । असार २५ गतेदेखि हराई रहेका चौधरीलाई खोजतलास गर्ने क्रममा शुक्रबार कंगखोलाको बगरमा बालुवाले पुरेको अबस्थामा मृत फेला पारिएको थियो ।
पर्वत : फलेबास नगरपालिका–६ रातोढुंगा स्थित कालीगण्डकी नदीको किनारमा शुक्रबार हाल नाम, थर, वतन खुल्न नसकेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

