सवारी दुर्घटनामा मृत्यु
नवलपरासी, २९ असार
रामग्राम नगरपालिका–१६ नदोवा चोकस्थित भित्री सडकमा नम्बर नखुलेको ट्रकले लु.२६ प ८१२८ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक रुपन्देही रोहणी गाउँपालिका–२ खुरहुरिया बस्ने २७ वर्षीय नितेश यादव सहित ३ जना घाइते भएकोले उपचारको लागि पृथ्बी चन्द्र अस्पताल परासी पठाइएकोमा उपचारको क्रममा नितेशको मृत्यु भएको छ । फरार ट्रक र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

