नियन्त्रित लागूऔषध सहित पक्राउ
मोरङ, २९ असार
सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ को.१प ५६५८ नम्बरको मोटरसाइकलमा आँउदै गरेका उनीहरुलाई बिराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाँट छेउमा प्रहरीले चेक गर्दा शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

