आगलागीबाट धनमाल क्षति

भोजपुर, ३० असार
    हतुवागढी गाउँपालिका–२ धारापानी बस्ने ईन्द्र बहादुर मगरको गोठमा शुक्रबार बच्चाहरुले लाईटर खेलाउने क्रममा आगलागी हुँदा छिमेकी जय कुमार थापाको फुसको छानो भएको घरसमेत जलेर नगद १३ हजार रुपैयाँ, १ तोला सुनको गहना, अन्नपात लत्तकपडा समेत गरी करीव ६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।