डुबेर मृत्यु तथा बेपत्ता

काठमाडौं, ३० असार
    रौतहट : दुर्गाभगवती गाउँपालिका–२ स्थित भलोहिया गाउँको बाग्मती बाँधको पुल नजिक सार्बजनिक पुल निर्माणको लागी खनी राखेको खाल्टोमा सोही ठाउँ बस्ने अशोक कुमार महतोको ५ वर्षीय छोरा आयुस कुमार महतोको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
   नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : रामग्राम नगरपालिका–१८ धरमपुर बस्ने बिष्णु ज्ञवालीको १३ वर्षीय छोरा सबिन ज्ञवाली शुक्रबार परासी–धरमपुर भित्री सडकको नालामा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएकोले उपचारको लागि देबदह मेडिकल कलेज भलुहि पठाइएकोमा मृत्यु भएको छ ।
    बझाङ : सुर्मा गाउँपालिका–२ बस्ने दिपक बोहोराकी ८ वर्षीया रिनु बोहोरा र धनगिरी बोहोराको १४ वर्षीया छोरी बिमला बोहोरा शुक्रबार सोही ठाउँको बिद्युत पावर हाउस नजिक खोलामा रहेको काठेपुल तर्ने क्रममा पुलबाट खसेर बेपत्ता भएकोले खोजतलास गर्ने क्रममा रिनु बोहोराको शव घट्नास्थल भन्दा ४ कि.मी टाढा फेला परेको छ । बेपत्ता बिमला बोहोराको खोजतलास भइरहेको छ ।
    मोरङ : ताप्लेजुङ मैवाखोला गाउँपालिका–१  घर भई हाल माईतीघर मोरङ मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २७ वर्षीया सर्मिला राईको शुक्रबार सोल्टी खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएकोले उपचारको लागि मंगलबारे अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    भोजपुर : भोजपुर नगरपालिका–११ बस्ने ७१ बर्षीय खड्गबहादुर खड्काको शुक्रबार अरुण गाउँपालिका–६ लेगुवास्थित अरण नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएकोले उपचारको क्रममा मृत्यु भएको छ ।
    बर्दिया बढैयाताल गाउँपालिका–२ सितापुर वस्ने नगक्षेद रैदासको ७ वर्षीय छोरा दिलिप रैदासको शुक्रबार जमुनी गाउँमा रहेको तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।