सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, ३० असार
काठमाडौं : काठमाडौं महानगरपालिका–१३ सोल्टीमोड स्थित बा.७ ख ९४७५ नम्बरको टिपरले बा.९६ प ४९११ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिदा मोटरसाइकल पछाडी सवार ललितपुर कुपण्डोल बस्ने चितवन भरतपुर घर भएकी १८ वर्षीया अनुजा घिमिरे घाइते भएकोले उपचारको लागि बल्खु स्थित बयोधा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे समेत घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर : बकैया गाउँपालिका–१२ स्थित शिवम सिमेन्टको ढुङगाखानीतर्फ जादै गरेकाे ना.६ त ७३५७ नम्बरको खाली ट्याक्टर शनिबार अनियन्त्रीत भई सडकबाट अंदाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने गढी गाउँपालिका–७ बस्ने ३० वर्षीय अक्कलबहादुर मोक्तानको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
रुकुम पश्चिम : मुसिकोट नगरपालिका–१ स्थित मुलखोला नजिक ना.५ख ६५१० नम्बरको बसको शुक्रबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने २५ वर्षीया सपना मल्ल (भण्डारी) को घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएकोले जिल्ला अस्पताल सल्ले हुदै थप उपचारको लागि नेपालगंजतर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा : देबताल गाउँपालिका–१ बड्कि फुलबरियामा अनटेष्ट ट्याक्टरले शुक्रबार सोही ठाउँ बस्ने रामप्रबेश राय यादवको ५ वर्षीय छोरा दिबश कुमार यादवलाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली : टिकापुर नगरपालिका–४ अस्नेरी नजिक सडकमा से.६प २७२६ नम्बरको मोटरसाइकलले साईकल यात्री जानकी गाउँपालिका–३ जगतपुर सिबिर बस्ने ४० वर्षीय तिकुवा चौधरीलाई शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि टिकापुर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

