कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

धनकुटा, ३० असार
    छथर जोरपाटी गाउँपालिका–५ परेवादिन बस्ने ६० वर्षीया नरमायाँ लिम्वुको कुटपिटबाट मृत्यु भएको छ ।
    शुक्रबार घरमा कोहि नभएको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय रोहित लिम्वु र १६ वर्षीय शुक्रराज लिम्वुले उनलाई कुटपिट गरी घाइते बनाएर साथमा रहेको डेढ तोला सुन समेत लुटेका थिए ।  घाइते नरमायाँलाई उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
    घटनामा संलग्न रोहित र शुक्रराजलाई लुटेको सुन सहित प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।