जुवातास खेल्ने पक्राउ
कास्की, ३० असार
पोखरा लेखनाथ महानगरपालिका–८ सृजनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरमा अबैध रुपमा जुवातास खेलिरहेका सोही महानगरपालिका–९ महेन्द्रपुल बस्ने ५१ वर्षीय भुपेन्द्र हिराचन सहित ७ जनालाई नगद ३ लाख ७५ हजार ४ सय २० रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

