श्रीमतीको हत्या गर्ने पक्राउ
दाङ, ३० असार
कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँ बस्ने ४५ वर्षीय ऋषिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले शनिबार आफ्नै ३६ वर्षीया श्रीमती सरिता चौधरीलाई घरको कोठामा बाँसको लाठीले कुटपिट गरी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

